काठमाडौं। दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा प्रसाईंलाई उपस्थित गराएर सुनुवाइ भएको हो ।
प्रसाईंलाई अदालतमा झिकाउन यस अघि आदेश भएअनुसार उनलाई शुक्रबार अदालतमा उपस्थित गराइएको हो । साइबर अपराधको कसुरमा उनी भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुन: पक्राउ परेका थिए । व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ