काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित लेशका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ सिमानाको मेन गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका–८ मधुबन बस्ने ३३ वर्षीय केशब बलाल र २८ वर्षीय अर्जुन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु।१७ प १६३० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यता सिराहाको सिरहा नगरपालिका–७ स्थित माँ भगवती बेकरी एण्ड स्विट हाउस अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३ ग्राम १ सय ९० मिलिग्राम सहित बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर बस्ने ३५ वर्षीय सुरेश कुमार महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले प्रदेश २–०१–००१ प ४८६ नम्बरको मोटरसाइकलका चालक महतोलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २७ मिलिग्राम सहित खजुरा गाउँपालिका–७ बस्ने २८ वर्षीय सवनम खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँके र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुर नवदुर्गा मार्ग बस्ने प्रमानन्द भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ७० ग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भट्टले संचालन गरेको किराना पसलमा लागूऔषधको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले भट्टको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै भट्टको पसलबाट लागूऔषध खरिद गर्ने भिमदत्त नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–४ बस्ने बैतडी घर भएका २५ वर्षीय हेमन्त कार्की र धनगढी उपमहानगरपालिका–२ बस्ने बझाङ घर भएका २० वर्षीय पारस रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले हेमन्तलाई १ सय ३० मिलिग्राम र पारसलाई १ सय ९० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–७ बस्ने ३० वर्षीय सुनिल चौलागाईं र झापा गाउँपालिका–४ बस्ने २७ वर्षीय मोहमद अब्दुल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै उनीहरूले प्रयोग गरेको को २० प ९१६१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ