काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा प्रहरीले पछिल्लो ४ महिनामा ९ जनालाई पक्राउ गरेको छ । २०८१ साउनदेखि कार्तिकसम्म इन्टरपोलसँग समन्वय गरेर विदेशमा लुकेर बसेका ९ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले बताए ।
२०८१ साउनपछि एनसीबी काठमाडौँको आग्रहमा इन्टरपोल मुख्यालयले नेपालमा अपराध गरेर भागेका १२ जनाविरुद्ध रेड नोटिस जारी गरेको थियो । तीमध्ये ९ जना पक्राउ परेका हुन् । अन्य ३ जनाको खोजीकार्य जारी रहेको एसएसपी अधिकारीले जानकारी दिए ।
गत आर्थिक वर्षको साउनदेखि कार्तिक सम्मको अवधिमा रेड नोटिस जारी भएका जम्मा १ जनामात्र पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ