सिरहा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा. २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिनामको गाँजा फेला परेको हो।
कारमा रहेको पाँच बटा कालो प्लाष्टिककाका गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरुमा २१, वटा पोकाहरुमा २८, २६, २७ र २८ गरी १ सय ३० केजी गाँजा रहेको प्रहरीले इलाका प्रहरी कार्याय जनाएको छ।
कार ठोकिए लगतै कारभित्रबाट २-३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रीक्सामा हाल्न खोजिरहेका थिए। त्यहि क्रममा स्थानीयले नियाल्न थालेपछि उनीहरु छोडेर भागेको एक स्थानीयले बताए।
स्थानीयले उत्तरबाट आएको कार ट्रकमा ठोकिने वित्तिकै उनीहरु निस्केर कोही पोका निकालेर सिटी रीक्सामा हाल्ने र कोही कारको नम्वर प्लेट निकाल्न थालेपछि सङ्का लागेर पोका नियाँदा गाँजा देखिएकोको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ मंसिर २०८१, २१ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा १४८ किलो गाँजासहित एम्बुलेन्स प्रहरीको नियन्त्रणमा
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद
१७६ किलो गाँजा बरामद
मोरङमा ९ सय किलो गाजा बरामद
भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद
सिरहाबाट दुई क्विन्टल गाँजा बरामद