काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौं र ललितपुरबाट १५ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने चमन सिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ घर भई काठमाडौं टोखा बस्ने ३६ वर्षीय लोर बहादुर गुरूङ समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २४ हजार ६ सय ७५ रूपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ