काठमाडौँ । डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्य विनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्य विनायक नगरपालिका-९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन् ।
उनीहरूले ओखलढुंगा लिखु गाउँपालिका-९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्स एप मार्फत अमेरिकी डलर सटही दर रेट भन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ ६ लाख ५० हजार नेपाली रुपैयाँ ठगी गरेका थिए ।
सो सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । उनीहरूको साथबाट स्कुटर १ थान र मोबाइल ४ थान समेत बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ