काठमाडौँ । विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँमाथि प्रहरीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा प्रारम्भिक चरणको बयान लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा लगेर उनको प्रारम्भिक चरणको बयान लिइएको हो ।
पहिलो चरणको बयान सकिए पनि प्रसाईँसँग फेरि दोस्रो चरणको बयान हुने अधिकृतहरूको भनाइ छ । मंसिर दोस्रो साता झापाको चारआलीका ३६ वर्षीया नवीन प्रधान भनिने हरिचन्द्र फुयाँललाई भारतको आछामबाट पक्राउ गरेर ल्याएसँगै प्रसाईँमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान सुरु भएको थियो ।
भारतबाट नेपालका विभिन्न व्यवसायीलाई फोन गरेर धम्की दिएका फुयाँलले प्रसाईँको निर्देशनमा त्यस्तो फोन गरेको बयान दिएका थिए। उनको बयानपछि प्रसाईँमाथि संगठित अपराध र आपराधिक विश्वासघातको कसुरमा पनि अनुसन्धान थालिएको थियो ।
प्रहरीका अनुसार, हालसम्म चार जना व्यवसायीले प्रसाईँविरुद्ध उजुरी दिएका छन् । भारतबाट फुयाँलले विभिन्न व्यवसायी, पेशाकर्मी लगायतलाई ११३ पटक फोन गरेको कल डिटेल रेकर्ड (सीडीआर) बाट सीआईबीले फेला पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईँ ४ मंसिरमा पक्राउ परेका थिए । उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धान थालेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ
विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई दुर्गा प्रसाईंको चेतावनी
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश