काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दका अनुसार करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ । केही समयपछि उनीहरूलाई छाडिने चन्दले बताए ।
अहिले जिल्ला प्रहरी कार्यालय झापामा झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई राखिएको छ । दमकको प्रहरी कार्यालयमा पनि १०/१२ जनालाई नियन्त्रणमा लिएर राखिएको उनले बताए ।
आइतबार झापाको मेचीनगर इटा भटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओली दुई दिनका लागि आइतबार गृहजिल्ला झापा गएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा