काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताए । उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गरे । उनले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरू बढेको बताए ।
उनले भने, ‘बीमाको कभरेज पनि अस्वस्थकर फेरिफेरी बन्यो भने खानेकुरा स्वस्थ छैन, खानेकुरा उत्पादन स्वास्थ्यसँग जोडिएर स्वास्थ्यमैत्री छैन । हावा वायुमण्डलबाट प्राप्त हुने स्वस्थ हावा छैन । सूर्यको प्रकाश विकिरणयुक्त बन्दै गइरहेको स्थिति छ ।
मान्छेको व्यवहार, आनीबानी, प्रतिस्पर्धा ती सबैले तनाव बनाउने स्थिति छ । मानसिक रोग असाध्यै धेरै बढेर गएको स्थिति छ । शारीरिक अंगभित्रका रोगहरू भन्दा मानसिक रोग असाध्यै जटिल बनेको छ । त्यसैले यो विषयहरूसँग जोडेर हामीले स्पष्ट निरोधात्मक नीति ल्याउनुपर्छ ।
मन्त्री पौडेलले उपचार प्रक्रिया बढेको तर बिरामीहरू पनि बढेको अवस्था रहेको बताए । उनले उपचारात्मक प्रणाली, क्षमता र क्षेत्र बिस्तार भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड
सबै गरेँ भन्दिनँ तर केही बिगारेको छैन : प्रदीप पौडेल
‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल
महाधिवेशनविना निर्वाचनमा गए काँग्रेसको सर्मनाक हार हुन्छ : प्रदीप पौडेल
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ: प्रदीप पौडेल
डिजी युथ काँग्रेस गठन गर्न केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको प्रस्ताव