काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिने काम सरकारको प्राथमिकतामा परेको बताएका छन् । १७ औ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरी उद्घाटनका क्रममा उनले अधुरा योजनाहरूलाई समयमा नै पूरा गराउने प्रतिबद्धता जनाए ।
निर्माण व्यवसायीलाई दिन बाँकी भुक्तानी केहि उपलब्ध गराइएको भन्दै बाँकी रकम समेत आउँदो साता निकासा हुने उनको भनाई थियो ।
निर्माण क्षेत्रमा देखिने सुस्तताले नागरिक निराश हुने भएकाले सबै तिर उत्साह जगाउने गरी काम गर्न उनले निर्माण व्यवसायीहरूलाई आग्रह समेत गरे । नीतिगत र कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन नदिने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले देशलाई समृद्ध बनाउन निर्माण क्षेत्रलाई गति दिन जरुरी रहेको बताए।
यसका लागि सरकारले कतिपय नीतिगत र कानुनी व्यवस्थामा सुधार गर्न खाँचो रहेको बताए। महासंघले निर्माण दिवशको अवसर पारि प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको महासचिव रोशन दाहालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त दुई मन्त्रीले लिए सपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री