काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ । सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शुक्रबार सो जानकारी दिएका हुन् ।
अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको पनि उनले जानकारी दिए ।२०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फर्स्यौट गरिरहेको उनको भनाइ छ । ‘अब हामीसँग ८ वर्ष पुराना मुद्दाहरु १५४ थान बाँकी रहेका छन् । अब यसलाई असारसम्म जिरोमा ल्याउने लक्ष्य छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘हामीले बनाएको योजनाअन्तर्गत जसरी भएपनि ८ वर्ष नाघेका मुद्दाहरु नराख्ने हो ।’
सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेको पनि उनले बताए । अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा शुरु गरिएको पनि उनले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार