काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने बताएकी छिन् ।
यसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो । निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।
आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने
निर्वाचन आयोगले गगन थापालाई मान्यता दिने सूचना शुक्रबार दिउँसै देउवालाई थियो
चुनावमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने निर्वाचन आयोगद्वारा जानकारी
निर्वाचन आयोग पुगे देउवा पक्षका नेता–कार्यकर्ता