तेलंगाना । छत्तीसगढ र तेलंगानाको सिमानामा रहेको मुलुगु जिल्लामा प्रहरीले सात संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । तेलंगाना प्रहरीका अनुसार ग्रेहाउन्डका सुरक्षाकर्मीहरू र माओवादीहरूबिच खोजी अभियानमा निस्केका बेला भिडन्त भएको थियो ।
घटनास्थलबाट दुई एके ४७ र एउटा इन्सास राइफलका साथै ठुलो परिमाणमा अन्य हतियार, विस्फोटक पदार्थ र दैनिक प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । एक प्रहरी अधिकारीले भने- ‘मुलुगु जिल्लाको चालपाका जंगल क्षेत्रमा बिहान करिब ५ : ३० बजे शङ्कास्पद माओवादीसँग भिडन्त भएको थियो।
एक घण्टाभन्दा बढी समयसम्म चलेको भिडन्तमा माओवादी भद्रुको टोलीका सात सदस्य मारिएका थिए।
मारिनेमा माओवादीका वरिष्ठ नेता कुसराम मङ्गु उर्फ पपन्ना, इगोल्पु मल्लैया उर्फ मधु, मुसाकी देवल, मुसाकी यमुना, जयसिंह र किशोर रहेको प्रहरीले पुष्टि गरेको छ । उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अझै केही माओवादी घाइते हुन सक्ने आशङ्का व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?