काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।
उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ । चिसोका कारण दोलखा र रुकुमका केही मतदान केन्द्रमा मतदाताहरू ढिलागरीमात्र पुगेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने र भोलिपल्ट नतिजा सार्वजनिक गरिसक्नेगरी तयारी गरेको जनाएको छ ।
कीर्तिपुर नगरपालिकाको मतगणना कीर्तिपुर नगरपालिका भवनमा र काठमाडौँको वडा नम्बर १६ को मतगणना वडा कार्यालयकै भवनमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा पदाधिकारीका लागि मतदान सुरू
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान