रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले कांग्रेस र एमालेसँग आफूहरूको बाटो फरक भएको बताएका छन् । पार्टीको तेस्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२ ०६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताएका हुन् ।
काँग्रेस-एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरूको मात्र सीमित गर्ने कोसिसमा र आफूहरू बहुसङ्ख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको भनाइ थियो । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरूलाई नियन्त्रण गर्न थालेपछि काँग्रेस एमाले अप्रत्याशित रूपमा मिलेको पुनले बताए ।
कांग्रेस-एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले काँग्रेस-एमाले एउटा कित्ताका र आफूहरू अर्को कित्ताको भन्ने जनताले स्पष्ट रूपमा बुझेको दाबी गरे ।
‘हामी एउटा कित्ताका र काँग्रेस एमाले अर्को कित्ताका हुन् भन्ने जनताले बुझेका छन्,’ पुनले भने,‘काँग्रेस एमालेको भ्रष्टाचार र बेथितिका कारण जनता हामीतर्फ आकर्षित भएका छन् । अहिलेको सरकारको नेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ ।
सुशासनका लागि भ्रष्टाचार र अनियमितता विरोधी अभियान थालेपछि काँग्रेस एमाले बिच्किएको भन्दै उनले काँग्रेस र एमालेसँग त्यही बिन्दुबाट बाटो फरक भएपछि सरकार ढलेको बताए ।
संसारमा कहीँ पनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरूलाई सरकारबाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको उनको भनाइ थियो ।
प्रचण्ड सरकारले सुशासनका लागि केही गर्न खोज्दा हटाए भन्ने जनतामा स्थापित भएको दाबी गर्दै पुनले वर्तमान सरकार भ्रष्ट, बिचौलिया, दलाल र अनैतिकहरूले सरकार चलाइरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन