रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले कांग्रेस र एमालेसँग आफूहरूको बाटो फरक भएको बताएका छन् । पार्टीको तेस्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२ ०६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताएका हुन् ।
काँग्रेस-एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरूको मात्र सीमित गर्ने कोसिसमा र आफूहरू बहुसङ्ख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको भनाइ थियो । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरूलाई नियन्त्रण गर्न थालेपछि काँग्रेस एमाले अप्रत्याशित रूपमा मिलेको पुनले बताए ।
कांग्रेस-एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले काँग्रेस-एमाले एउटा कित्ताका र आफूहरू अर्को कित्ताको भन्ने जनताले स्पष्ट रूपमा बुझेको दाबी गरे ।
‘हामी एउटा कित्ताका र काँग्रेस एमाले अर्को कित्ताका हुन् भन्ने जनताले बुझेका छन्,’ पुनले भने,‘काँग्रेस एमालेको भ्रष्टाचार र बेथितिका कारण जनता हामीतर्फ आकर्षित भएका छन् । अहिलेको सरकारको नेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ ।
सुशासनका लागि भ्रष्टाचार र अनियमितता विरोधी अभियान थालेपछि काँग्रेस एमाले बिच्किएको भन्दै उनले काँग्रेस र एमालेसँग त्यही बिन्दुबाट बाटो फरक भएपछि सरकार ढलेको बताए ।
संसारमा कहीँ पनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरूलाई सरकारबाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको उनको भनाइ थियो ।
प्रचण्ड सरकारले सुशासनका लागि केही गर्न खोज्दा हटाए भन्ने जनतामा स्थापित भएको दाबी गर्दै पुनले वर्तमान सरकार भ्रष्ट, बिचौलिया, दलाल र अनैतिकहरूले सरकार चलाइरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानबिन समिति बन्छ : वर्षमान पुन
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : वर्षमान पुन
प्रधानमन्त्री, मन्त्री र सांसदका छोराछोरीलाई समावेशीमा रोक्नुपर्छः वर्षमान पुन
'अनुशासित नागरिक उत्पादन गर्न राज्यले खेल क्षेत्रमा जोड दिनुपर्छ' : वर्षमान पुन
जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव
प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयोः वर्षमान पुन