काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता र समझदारीका विषयमा छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कृष्णप्रसाद ढकालले बीआरआई लगायतका परियोजनाका विषयमा पनि छलफल भइरहेको बताए । ‘खासगरी कनेक्टिभिटी, ट्रेड, इन्भेष्टमेन्ट, टुरिजम, इन्फ्रा इस्ट्रक्चर डेभलपमेन्ट, एग्रिकल्चर लगायतका सहयोगका क्षेत्रमा यसपटक थप छलफल हुनेछ । सहयोग थप विस्तार हुनेछ भन्ने विश्वास छ,’ सहसचिव ढकालले भने, ‘बीआरआईको विषयमा पनि छलफल र वार्ता भइरहेको छ ।’
साथै, उनले नेपाल र चीनबीचको सम्बन्धमा बलियो बनाउन यो भ्रमणले थप मद्दत पुग्ने विश्वास लिएको पनि बताए ।‘यो भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास छ । नेपाल र चीनबीच विगत लामो समयदेखि विविध क्षेत्रमा सहकार्य र सहयोग हुँदै आएको छ,’ उनले भने ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली आगामी सोमबार चीन भ्रमणमा जाँदैछन् । उनको भ्रमण दलमा सरकारी र निजी गरेर ८७ सदस्यी टोली सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’