काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन । नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकोले सबै मिलेर संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उनले बताए ।
२१औं राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रणा दिन पुगेको टोली समक्ष प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्न सरकारले सहयोग गर्ने बताए ।
सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहितको टोली नेवारी बाजागाजा सहित प्रधानमन्त्रीलाई निम्तो दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।
यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही ३० मंसिरमा मनाइनेछ । उक्त दिन काठमाडौंमा र्यालीसहित वसन्तपुरमा कार्यक्रम आयोजना तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद