काठमाडौँ । चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालासँग छलफल गर्न लागेका छन् ।
सोहीअनुसार ओलीले सोमबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग सुझाव लिने उद्देश्यले छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । विगतदेखि नै प्रधानमन्त्रीको विदेश भ्रमणअघि यसरी परामर्श हुने गरेको छ ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमणको तयारी गरेका छन् । तर, सरकारले अहिलेसम्म औपचारिक रुपमा मिति सार्वजनिक भने गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति