काठमाडौँ । रिटर्नी फेडेरेसन नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरूको सामाजिक, आर्थिक, राजनीतिक समायोजन र पुनर्स्थापनाका लागि क्रियाशील फेडेरेसनले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
जसमा विदेशबाट फर्केकालाई व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्न भनिएको छ । सातै प्रदेश, ६३ जिल्ला र २५४ पालिकामा आफ्नो सञ्जाल विस्तार गरेर रिटर्नीहरुको पहुँच विस्तार गरिरहेको फेडेरेसनले प्रधानमन्त्री समक्ष रिटर्नीहरुले गरेका उद्यमहरूलाई स्टार्टअप सपोर्ट उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ । त्यस्तै, विभिन्न १६ बुँदामा रिटर्नीहरुले कसरी देशलाई योगदान गर्न सक्छन् र उनीहरूले आफ्नो र परिवारका लागि कसरी स्थापित हुन सक्छन् भन्ने माग र सुझावसहित फेडेरेसनले ज्ञापन पत्र बुझाएको हो ।




प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति