पर्सा । वीरगंज महानगरपालिका-१६ बाईपास रोडस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८५ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ बस्ने ३५ वर्षीय शान्ता बहादुर तिमल्सिना समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट खटिएको प्रहरीले बसपार्कबाट रजतजयन्ती चोकतर्फ जाँदै गरेको ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक शान्ता बहादुर र ट्रकमा सवार २ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मरेको खसीको मासु बेचेको आरोपमा २ जना पक्राउ
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ