काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ ।
एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।सभा अघि र्याली हुने छ । भद्रकालीबाट सुरु हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् ।
यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । मंगलबार बसेको एमालेको बैठकले सभालाई ऐतिहासिक रुपमा सफल बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूमा विभेद गरिएको भन्दै एमालेको आपत्ति
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं: एमाले
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह