कञ्चनपुर । भिमदत्त नगरपालिका-९ कालीगाडा खोलाबाट भरूवा बन्दुक २ थान, बारूद २ प्याकेट, खुकुरी २ थान, बन्दुकको सिसा ३८ थान, फलामको टुक्रा २७ थान र बन्दुकको क्याप १२ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन् । इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त टोलीलाई उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ