तेहरान । इरान र इजरायलबिचको तनाव अझै चरम सीमामा छ । दुवै देश एक अर्कालाई खत्तम बनाइदिने कुरा गरिरहेका छन् । यसैबिच इजरायलले इरानका कयौँ आणविक स्थलमा आक्रमण गरेको छ । यो आक्रमणबाट इरान स्तब्ध भएको छ । यसै सन्दर्भमा इजरायलले अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेको छ ।
आफूले ट्रम्पसँग कुरा गरेको र दुवै देश इरानको खतराप्रति चिन्तित रहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । अमेरिकासँग मिलेर हामी इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने प्रयास गरिरहेका छौँ । अक्टोबर २६ मा भएको आक्रमणले इरानको आणविक कार्यक्रमलाई ठुलो धक्का दिएको पनि उनले बताए ।
यसैबिच, अमेरिका पनि नेतान्याहुको मनोमानीसँग बेखुस देखिएको छ । इजरायलले हालै गाजामा सर्वसाधारणमाथि गरेको कारबाहीप्रति अमेरिका चिन्तित छ । वेस्ट बैंकमा सञ्चालित छवटा शिविरहरूलाई उसले प्रतिबन्ध लगाएको छ । गाजामा इजरायली आक्रमणले सर्वसाधारणको सम्पत्तिमा पनि ठुलो क्षति पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजरायलले यस क्षेत्रको शान्तिमा खलल पुर्याउनेमाथि कडा कारबाही गर्नुपर्ने बताएका थिए ।
आईएईएको चेतावनी
हालै, आईएईए प्रमुख राफेल मारियानो ग्रोसीले मध्यपूर्वमा युद्ध जारी रहेकाले र राष्ट्रपति चुनाव जितेर डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किँदै गर्दा इरानको बढ्दो आणविक कार्यक्रमबारे वार्ता र कूटनीतिको दायरा घट्दै गएको चेतावनी दिएका थिए । ग्रोसीले हालै तेहरानको भ्रमण गरेका थिए । उनले यो भ्रमण इरानको आणविक कार्यक्रमसम्म आफ्ना निरीक्षकहरूको पहुँच पुनर्स्थापित गर्न गरेका थिए । यसअघिका भ्रमणहरूमा उनले यस मामिलामा सीमित सफलता पाएका थिए ।
इजरायली प्रधानमन्त्रीले एक कार्यक्रममा अक्टोबर २६ मा भएको आक्रमणमा इरानको आणविक अखडामा ठुलो क्षति पुगेको बताए । उनले आणविक हतियार सम्पन्न इरान हाम्रो अस्तित्वका लागि खतरा भएको पनि बताए । ‘हामी हाम्रा छिमेकी देशहरूसँग शान्ति सम्झौता चाहन्छौँ, ताकि विश्व शान्ति पनि स्थापना होस् ।’ उनले भनेका थिए । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक स्थल र तेलको कुवालाई लक्षित नगर्न अपिल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु