काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ ।
नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दियो ।
दुर्घटना स्थलबाट तीन जनाको जीवितै उद्धार गरिएको छ । ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो ।
ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूली नदीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली– काठमाडौँ प्रसारण लाइनको स्टेशनमा समेत क्षति
चितवनमा त्रिशूलीको किनारमा खस्यो ट्रक
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
ट्रक अनियन्त्रित भई त्रिशूलीमा खस्यो
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन
२ वटा एक्साभेटर र ३ वटा टिपर त्रिशूलीले बगायो