काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समितिबाहेक ४२ वटै पदमा उम्मेदवारी दर्ता गराउने भएको छ ।
आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपा नेता गणेश पराजुलीले अवरोध र धम्की आउने डरले उम्मेदवारहरूको नामावली सार्वजनिक नगरेको तर आजै ५ बजे सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा रास्वपाले आफ्नो पार्टीका उम्मेदवार तथा समर्थकहरूलाई धम्क्याउने तथा आक्रमण गर्ने गरेकाले उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेमा आशंका लागेको पराजुलीको भनाइ छ । उनले लोकतन्त्रको मूल्य र मान्यताविपरित भइरहेका सरकारी पक्षका गैरक्रियाकलापको पार्टीले निन्दा गरेको पनि बताए ।
‘उम्मेदवारका सवालमा हामीले अन्तिम समयसम्म पनि प्रक्रिया प्रक्रिया भनिराख्यौ हामीसँग त्यसो भन्नु बाध्यता थियो’, पराजुलीले भने, ‘पुराना दलहरूले अपराध जस्तो निकृष्ट व्यवहार उपयोग गर्नुहुन्न जस्तो लागेको थियो ।
उनले हुम्लाको सर्केगाड लगायतका उम्मेदवारलाई अन्य राजनीतिक दलका नेता कार्यकर्ताले राजनीतिमा कहिल्यै नआउने शर्तमामात्र छोडिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा