बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नं २ मा उम्मेदवारी नदिने भएको छ । लुम्बिनी प्रदेशमा हुने १ उपाध्यक्ष र ५ वडाको उपनिर्वाचनमा रुकुम पूर्व गाउँपालिकामा उपाध्यक्ष र वडाध्यक्ष बाहेक अन्य ठाउँमा उम्मेदवारी दिने तयारीमा सो पार्टी रहेको छ ।
रुकुममा तयारी नपुगेका कारण उम्मेदवारी नदिने रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष देवराज पाठकले बताए। उनका अनुसार कपिलवस्तुको शुद्धोदन गाउँपालिका–१ मा अवदेशकुमार चौधरी, बर्दियाको ठाकुरबाबा– ४ मा वासुदेव शर्मा, गुल्मीको मुसिकोट नगरपालिका–१ मा विकास थापा, रोल्पाको रुन्द्रधण्टी गाउँपालिका– ४ हेम बहादुर पुनले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा