बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नं २ मा उम्मेदवारी नदिने भएको छ । लुम्बिनी प्रदेशमा हुने १ उपाध्यक्ष र ५ वडाको उपनिर्वाचनमा रुकुम पूर्व गाउँपालिकामा उपाध्यक्ष र वडाध्यक्ष बाहेक अन्य ठाउँमा उम्मेदवारी दिने तयारीमा सो पार्टी रहेको छ ।
रुकुममा तयारी नपुगेका कारण उम्मेदवारी नदिने रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष देवराज पाठकले बताए। उनका अनुसार कपिलवस्तुको शुद्धोदन गाउँपालिका–१ मा अवदेशकुमार चौधरी, बर्दियाको ठाकुरबाबा– ४ मा वासुदेव शर्मा, गुल्मीको मुसिकोट नगरपालिका–१ मा विकास थापा, रोल्पाको रुन्द्रधण्टी गाउँपालिका– ४ हेम बहादुर पुनले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा