काठमाडौँ । रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका–५ फुलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशी रहेका छन् ।
राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई पुरानो रिसिइबीको कारण विवाद गरी हिजो राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए । घाइते माझीको उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।
लगत्तै रड प्रहार गर्ने राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या