काठमाडौँ । कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै बताइन् ।
‘८ जनाको मृत्यु भएको प्रहरी चौकीबाट मलाई जानकारी गराउनु भएको छ । त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ’, उनले रातोपाटीसँग टेलिफोनमा भनिन् । आइतबार पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।
यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते