काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश समितिले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकीकरण गर्न पार्टीको केन्द्रीय समितिलाई सुझाव दिएको छ ।
लुम्बिनी प्रदेश सभापति देवराज पाठकले उपसभापति एवं केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक डीपी अर्याललाई शनिबार (२४ कात्तिकमा) पत्र लेखेर वैकल्पिक शक्तिहरूसँग पार्टी एकीकरणका लागि वार्ता समिति बनाउन पनि सुझाव दिएका छन् ।
‘सीके राउतको जनमतजस्ता प्रगतिशील मुद्धा मिल्ने पार्टीहरूसँग पार्टी एकतासम्मको नीति अगाडि सार्दै बृहत् मोर्चा बनाउने कार्यदिशा अघि सार्नुपर्ने’, पत्रमा लेखिएको छ ।राज्यसत्ता विरोधी आन्दोलनको वातावरण बनाउनका लागि नयाँ वैकल्पिक शक्तिसँग मिल्नुपर्ने पाठकले पत्रमा उल्लेख गरेका छन् ।
पार्टीलाई चेन अफ कमाण्डमा राख्नका लागि कार्यवाहक सभापतिको नियुक्त गर्नुपर्ने सुझाव प्रदेश समितिले दिएको छ । २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा