काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरा जाने भएका छन् । देउवा बिहान १० बजे काठमाडौंबाट डडेल्धुराका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ । सभापति देउवा एकसातासम्म डडेल्धुरामै रहने छन् ।
कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका कार्यवाहक सभापति लोकराज अवस्थीले देउवाको स्वागतका लागि गेटा विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
गृहजिल्ला भ्रमणको तालिकाअनुसार सभापति देउवा सोमबार डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यस्तै, कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुनेछन् ।
सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा पुग्ने कार्यक्रम छ । यस्तै, मंसिर १ गते डडेल्धुराको प्रख्यात उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको छ ।
सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै