काठमाडौं। पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्र क्वेटामा शनिबार भएको बम विष्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । हालसम्म कुनै पनि उग्रवादी समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
एक्सप्रेस रेल पेशावरका लागि प्रस्थान गर्न तयारी गर्दै गर्दा रेलवे स्टेशनभित्र बिष्फोट भएको वरिष्ठ प्रहरी अधिकृत मुहम्मद बलोचको भनाइ उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यो विष्फोट पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बढ्दो उग्रवादी हिंसा र देशको दक्षिणी भागमा तीव्र हुँदै गएको पृथकतावादी विद्रोहको क्रममा भएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल