काठमाडौं। आधा किलो सुनसहित काठमाडौंको नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल छन् । उनलाई आज बिहान नागढुंगाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुबाहक बसको अन्तिम सिटमा सवार ढकाललाई जाँच गर्ने क्रममा आधा किलो सुनसहित पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
नक्कली नोटसहित २ जना पक्राउ
आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ
करिब ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ