काठमाडौं। आधा किलो सुनसहित काठमाडौंको नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल छन् । उनलाई आज बिहान नागढुंगाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुबाहक बसको अन्तिम सिटमा सवार ढकाललाई जाँच गर्ने क्रममा आधा किलो सुनसहित पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ