काठमाडौँ । सर्वोच्च अदालतले एमालेले व्यापारी मिनबहादुर गुरुङबाट दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
ज्ञानबहादुर बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गर्दै तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।
राज्यका निकायहरूबाट विभिन्न मुद्दामा दोषी ठहर भएका गुरुङसँग सत्तारुढ दलले जग्गा लिएकोमा विरोध भइरहेको छ । एमालेले सहयोग लिन कुनै बाधा नपर्ने भन्दै गुरुङकै बचाउ गरिरहेको छ ।
एमालेले बल्खुको मित्रनगरमा व्यापारी गुरुङबाट जग्गा लिएको थियो । उक्त जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरुङले भवन शिलान्यास समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी