एजेन्सी । इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् । तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ ।
इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको छ ।
इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई 'आतंकवादी' हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन्।
सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि विज्ञप्तिमा यसको पुष्टि गर्यो र भन्यो, 'तफ्तान शहरको गोहर कोह पुलिस स्टेशनका दुई गस्ती इकाईका १० जना प्रहरी मारिएका छन् ।'
जब यो हमला भएको थियो, प्रहरी जवानहरू आफ्नो कर्तव्य पूरा गरेर घर फर्किरहेका थिए ।जैश-अल-अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र भन्यो, 'तफ्तान शहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो ।'
जैश-अल-अदल एक सशस्त्र चरमपन्थी संगठन हो । यो संगठन इरानी सरकारको विरोध गर्दछ । यो संगठनले आफूलाई न्याय र समानताको सेना पनि भनिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ कार्तिक २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु