काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले इंग्ल्याण्डका विकेटकिपर ब्याटर थोमस जेम्स (टम) मुर्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले बुधबार सामाजिक सञ्जालमार्फत मुर्सलाई एनपीएलका लागि अनुबन्ध गरेको जनाएको हो ।
नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।२८ वर्षीय मुर्सले इंग्ल्याण्डको यू-१९ टिमबाट खेलेका छन् । उनले सन् २०१६ मा बंगालदेशमा भएको आईसीसी यु-१९ विश्वकप खेलेका थिए । यस्तै उनले विभिन्न टी-२० फ्रेन्चाइज लिग खेलेका छन् ।
उनले विश्वभर गरेर १४७ टी-२० खेल खेलेका छन् ।एनपीएलका लागि पहिलो विदेशी खेलाडी अनुबन्ध गर्दा उत्साहित रहेको लुम्बिनी लायन्सले जनाएको छ ।
एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । जसमा लुम्बिनीसहित ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा