काठमाडौं। सुनसरीको वराहक्षेत्रमा १८ वर्षीय नेपाली किशोरीको चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने ५ जना नेपाली रहेका छन् । उनीहरूको परिचय प्रहरीले गोप्य राखेको छ ।
किशोरीको उमेर १८ वर्ष मात्रै भएकाले संलग्न सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । विवाह गर्न नेपाली महिलाको उमेर २० वर्ष पुग्नुपर्ने कानूनी व्यवस्था छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ मा २० वर्ष नपुगी विवाह गर्न/गराउन नपाउने उल्लेख छ । साथै कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ।
'नेपाली युवतीसँग विवाह गर्नुको कारण खुलेको छैन,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'घटना शङ्कास्पद छ । लमीको प्रयोग गरेर नै विवाह गर्न खोजिएको छ ।’ व्यापार व्यवसायसँग जोडिएर नेपाली युवतीहरूसँग चिनियाँ नागरिकले विवाह गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ