एजेन्सी । नयाँ आविष्कारमा चीनले तीव्रता दिएको छ । बुधवार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ ।
स्याटेलाइट लङ मार्च–४सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो । यसलाई भूमि सर्वेक्षण, सहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप