सुर्खेत । दैलेखदेखि सुर्खेत जाँदै गरेकाे मिनी बस शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले दिएको जानकारीअनुसार बसमा तीन जना सवार रहेका थिए । घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । घाइते मध्ये दैलेख दुल्लु नगरपालिका १३ बस्ने वर्ष २२ का महेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको दाहालले बताए ।
दुर्घटनामा घाइते भएका दैलेख निवासी चालक २४ वर्षीय वीरेन्द्र बहादुर शाही र १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असोज २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु