सुर्खेत । दैलेखदेखि सुर्खेत जाँदै गरेकाे मिनी बस शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले दिएको जानकारीअनुसार बसमा तीन जना सवार रहेका थिए । घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । घाइते मध्ये दैलेख दुल्लु नगरपालिका १३ बस्ने वर्ष २२ का महेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको दाहालले बताए ।
दुर्घटनामा घाइते भएका दैलेख निवासी चालक २४ वर्षीय वीरेन्द्र बहादुर शाही र १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असोज २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु