काठमाडाैं । अभियन्ता पुण्य गाैतम माथी रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतम माथी रड प्रहार भएकाे थियाे । जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजकाे अाइसियुमा भर्ना हुनु परेकाे थियाे । अभियन्ता गाैतम खतरामुक्त छन ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल ब्यावसायी दुर्गा प्रसाइका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्वर नपा– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानले साे रड प्रहार गरेकाे खुल्न अाएकाे छ ।
प्रहरीका अनुसार साे घटनाकाे अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असोज २०८१, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ