काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ, गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान भण्डारी चोक नजिकै सडकमा प्र.३-०२-०१४ प ५९३८ नम्बरको स्कुटर गए राति दुर्घटना हुँदा स्कुटरमा सवार सिन्धुपाल्चोक सुकुटे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय हरि कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।
यसैगरी काठमाडौँ, शंखरापुर नगरपालिका-१ नाङलेभारे पाङग्रेबासस्थित सडकमा नाङलेभारेबाट मेलम्चीतर्फ जाँदै गरेको ना.१ ज ६७७३ नम्बरको सुमोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया सुन्तली बिकको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सुस्मा कोइराला मेमोरियल अस्पताल शलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकमा ना.३३ प ४२४२ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा चालक दोलखा बैतेश्वर गाउँपालिका-४ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३५ वर्षीय कृष्ण दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-७ खरौलास्थित सडकमा सु.प.प्र.०१००२ त ६८३५ नम्बरको ट्याक्टरमा सु.प.प्र.०१००९ प १९८१ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-७ बस्ने २३ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, परवानीपुर गाउँपालिका-३ अमृत चोकस्थित सडकमा ना.१ ज ७७९१ नम्बरको म्याजिकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय बृज लाल अहिर राउतको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श हस्पिटल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार म्याजिक चालकको प्रहरीले खोजी गरिरहेको छ ।यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा काठमाडौँबाट सिराहातर्फ जाँदै गरेको म.प्र.०१-००४ प ६८०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सिराहा धनगढीमाई नगरपालिका-११ बस्ने २२ वर्षीय सुमन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि बयोधा अस्पताल पर्सा पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असोज २०८१, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्खुवासभामा टिपर दुर्घटनाः दुई मजदुरको मृत्यु, दुई घाइते
सल्यान दुर्घटना: ट्रक चालकसहित ४ जनाको मृत्यु
इलाम बजारमा कुकुरमा अल्झिएर सवारी दुर्घटना क्रम बढ्दै
दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
कान्ति लोकपथमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु