काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा जादै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन् ।
काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो ।
प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असोज २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते