काठमाडौँ । नेपालका विपिन जोशी अहिले पनि हमासको नियन्त्रणमा रहेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले इजरायलमाथि हमासले गरेको आक्रमणको सोमवार एक वर्ष पूरा भएको अवसरमा अहिले पनि हमासको नियन्त्रणमा रहेका विदेशी नागरिकको सूचीमा विपिनको नाम पनि समावेश गरेको छ ।
इजरायल सरकारका अनुसार गत ७ अक्टुबरमा हमासले २ सय ५१ जना इजरायली र विदेशी नागरिकलाई बन्धक बनाएको थियो । बीबीसीका अनुसार हालसम्म ९७ जनामध्ये विपिन पनि हमासको नियन्त्रणमा एअहेको उल्लेख गरेको छ ।
बीबीसीका अनुसार २३ वर्षीय विपिनलाई इजरायलको किबुत्ज अलुमिमबाट हमासले बन्धक बनाएका थिए। विपिनका परिवारलाई इजरायली इन्टेलीजेन्सले यसबारे पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ र उनको फोन गाजामा फेला परेको पनि बताइएको छ ।
कृषि अध्ययनका लागि विपिन इजरायल गएका १० जना नेपालीको भने हमासले हत्या गरेको थियो । तर, विपिनको अवस्थाबारे भने हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको नसकेपनि बिबिसीको रिपोर्टमा भने उनी अहिले पनि हमासको नियन्त्रणमा रहेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असोज २०८१, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र