काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पुस्तक नीति २०८१ माथि सुझाव मागेको छ। मन्त्रालयले यसबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग आवश्यक सुझाव लिने कार्य प्रारम्भ गरेको हो ।
मन्त्रालयले मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालयलाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको बताउनुभयो । पुस्तक नीतिलाई अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सझाब सङ्कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने विद्या भट्टराईले जानकारी गराउनुभयो ।
पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने भन्दै मन्त्री भट्टराईले छिटो यसलाई लागू गर्ने बताउनुभएको छ ।अन्तरक्रियामा प्रतिनिधि सभा सदस्य मनिष झाले विद्यालय र विश्वविद्यालयमा मात्र नभई होटेल, रेस्टुरेन्टमा समेत पुस्तक पढ्ने सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो। नेपाली पुस्तकलाई विदेशमा समेत पहुँच बढाएर गुणस्तरीय पुस्तक सबैलाई उपलब्ध गराउने सहज वातावरण बनाउन केन्द्रित हुनुपर्ने बताए।
अन्तरक्रियामा पुस्तक नीतिमा समेटिएका सकारात्मक पक्षको समीक्षा सहित सुधारका लागि विभिन्न सुझाव प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ। २०६४ देखि विभिन्न कार्यदल गठन हुँदै मस्यौदा तयार पारिएको भएपनि हाल सम्म पुस्तक नीति स्वीकृत हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग
केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय