काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडिबाट ६ जना पक्राउ परेका छन्। दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायत सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोगटीसहित ६ जना रहेका छन् । उनीहरू बाढी पीडितहरूका लागि राहत व्यवस्था गर्न माग गर्दै सिंहदरबार गेटमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ