लमजुङ। मदिराले मातेका एक बुवाले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बुवा-छोरासँगै बसेर मदिरा सेवन गरेका थिए ।
त्यसपछि उनीहरूबीच विवाद भएको थियो । ५७ वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा गम्भीर उनको मृत्यु भएको हो । मृतककी एक छोरी र श्रीमती छन् ।
अभियुक्तलाई हिरासतमा लिएर कानूनी कारबाही प्रारम्भ भएको छ । समयमा अस्पताल पुऱ्याउन सकिएको भए उनको ज्यान जोगिन सक्ने तामाङका छिमेकीले बताएका छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाँदा आज बिहान मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ