काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोपछि विभिन्न रोग फैलिनसक्ने भन्दै सतर्कताका निम्ति सबैमा आग्रह गरेको छ । मन्त्रालयले खानेपानीका स्रोतहरू प्रदूषित भएकाले त्यसबाट पानीजन्य रोग फैलिनसक्ने भन्दै यस्तो आग्रह गरेको हो ।
यही अवस्थामा किटजन्य, छालाजन्य, श्वासप्रस्वासजन्य तथा मानसिक समस्या पनि देखिनसक्ने भन्दै रोकथामका निम्ति सरोकारवालाहरूलाई सजग गराएको छ । जनस्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न स्थानीय तह र जिल्लास्तरमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म बाढी प्रभावित २१ जिल्लामा ५६२ जना अस्पताल भर्ना भएको, १०८ जनाले शल्यक्रियासहितको सेवा लिएको मन्त्रालयको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको एक वर्ष : सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी