टर्की । टर्की राष्ट्रिय खुफिया संगठन (एमआईटी) र पुलिसले २०१६ मा ‘कु’ को प्रयास गरेको आरोपमा एक पूर्वन्यायाधीशलाई संयुक्त अपरेशनमा हिरासतमा लिएको छ ।
गुलेन आन्दोलनसँगको कथित सम्बन्धको कारण आठ वर्षदेखि फरार रहेका मुस्तफा करातेलाई एक सूचनाको आधारमा अंकाराको येनिमहल्ले जिल्लामा रहेको उनको अपार्टमेण्टबाट पक्राउ गरेको बताएको हो ।
कारबाहीका क्रममा सुरक्षा बलले आन्दोलनको शीर्ष नेतृत्वसँग कुराकानी गर्न करातेले प्रयोग गरेको ल्यापटप, ट्याब्लेट, फोन र अन्य डिजिटल उपकरणहरू पनि बरामद गरेको थियो ।
आन्दोलनमा करातेको महत्त्वपूर्ण भूमिका रहेको बताइएको थियो । यो आन्दोलन कथित रूपमा मुस्लिम धर्मोपदेशक फेतुल्लाह गुलेनको नेतृत्वमा र नामकरण गरिएको हो ।
जसलाई उनका अनुयायीहरूले आध्यात्मिक नेता मान्दछन् । अंकाराले अमेरिकामा रहेका प्रचारकलाई जुलाई १५, २०१६ मा भएको ‘कु’ प्रयासको मास्टरमाइन्ड गरेको आरोप लगाएको छ । जसमा २५० मानिस मारिएका थिए । टर्की सरकारले विद्रोहको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारबाही सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असोज २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ