काठमाडौं। बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१८ पुगेको छ । विपद्मा परेर २७ जना अझै हराइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य तथा सुशासन समितिको आजको बैठकमा उनले विपद्मा भएको क्षतिबारे जानकारी दिएका हुन् ।
विपद्मा परी १४३ जना घाइते भएको उनले बताए । विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।
घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको उनले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए ।
५० वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको बताए । उद्धारमा नेपाली सेनाका तीन हजार नौ सय ६, नेपाल प्रहरीका १४ हजार आठ सय २ र सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति खटिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए