काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बिमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ ।
गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार ४३४ वटा बीमा दाबीको आवेदन परेको छ ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बिमा २०९, मोटर बिमा निजीतर्फ ३७, मोटर बिमा सार्वजनिक १०, अन्य बिमा एक र सामुन्द्रिक बिमाका तीनवटा आवेदन परेको छ ।
कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बिमा दाबीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बिमा दाबीको आवेदन सुनसरीमा परेको छ । इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बिमा दाबीको आवेदन परेको छ ।
प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बिमा दाबीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बिमा दाबीको आवेदन परेको थियो ।
प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बिमा कम्पनीमा बिमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बिमा कम्पनी, चारवटा निर्जीवन लघुबिमा कम्पनीमा बिमा दाबीको आवेदन परेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीपहिरोको कहर : ५२ जनाको मृत्यु, ७ वेपत्ता (नामावलीसहित)
बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु, तीन घाइते
बाढीपहिरोले गुल्मीका तीन सडक अवरुद्ध
बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण