काठमाडौं । शुक्रबार राती देखि नै परेको लगातारको वर्षाले निम्त्याएको बाढीपहिरोको र मनविय क्षतिको विवरणहरु आईरहेका छन् ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, शुक्रबार र शनिबारको वर्षापछि अहिलेसम्म (सोमबार बिहान ९ बजेसम्म) ५२ जनाको मृत्यु भईसकेको छ । ७ जना बेपत्ता छन् ।
कोशी प्रदेशमा मात्रै सबैभन्दा बढी ४९ जनाको ज्यान गएको छ । कोशीको इलाममा मात्रै ३७ को निधन भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । एकजना बेपत्ता छन् । २० जना घाइते भएका छन् । देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा आठ–आठजना, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जना, सूर्योदय नगरपालिकामा पाँचजना, माङसेबुङ गाउँपालिकामा तीनजना र फाकफोकथुम गाउँपालिकामा एकजना गरी ३७ जनाले ज्यान गुमाएको प्रजिअ नेपालले बताइन् ।
पाँचथरमा ८, उदयपुरमा २ र खोटाङमा २ जनाको मृत्यु भएको छ । बाँकी मृतकमा रौतहटमा ३ र काभ्रेमा १ जना छन् । बेपत्ता भएकाहरूमा बारामा १, रसुवामा ४, इलाममा १ र काठमाडौंमा १ जना रहेका छन् ।
हेर्नुहोस् मृतक र वेपत्ताको सूची :

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ करोड बराबरको बिमा दाबी
बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु, तीन घाइते
बाढीपहिरोले गुल्मीका तीन सडक अवरुद्ध
बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण